काठमाडौं । सरकारले नेपाल प्रहरी नायब महानिरीक्षक (डिआइजी)द्वय कुवेर कडायत र रविन्द्र केसीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।
मन्त्री गुरुङले नेपाल प्रहरी नायब महानिरीक्षकद्वय कडायत र केसीलाई क्रमशः नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने निर्णय बैठकले गरेको बताए ।
प्रतिक्रिया