काठमाडौं । भारतमा जारी खो खो विश्वकपमा नेपालको महिला टोलीले आज लगातार दोश्रो खेल जितेको छ । नेपालले आफ्नो दोश्रो खेलमा जर्मनीलाई ७३–३४ ले हराएको छ । यसअघि आजै भएको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ९३–२४ ले हराएको थियो ।
सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोली नेपालले भोलि तेस्रो खेल खेल्दैछ । नेपालले भोलि दिउँसो साढे २ बजे श्रीलङ्कसँग खेल्नेछ । नेपालले पर्सि बिहिवार बंगलादेशसँग खेल्ने छ ।
समूह ‘सी’ मा नेपालसहित, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् । हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।
पुरुषतर्फ समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा भने भारतसँग ४२–३७ ले पराजित भएको थियो । पुरूष टोलीले आज बेलुका पौने ७ बजे पेरूसँग खेल्दै छ ।
प्रतिक्रिया