समाजवादी मोर्चाको बैठक आलोकनगरमा जारी

समाजवादी मोर्चाको बैठक आलोकनगरमा जारी



काठमाडौं । विपक्षी चार दलीय समाजवादी मोर्चाको बैठक आज बसेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो । ६ महिनापछि बसेकाे बैठकमा विगतको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीतिबारे छलफल हुने कार्यदल सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिए ।

कार्यदलले तयार पारेको प्रतिवेदन बैठकमा पेस हुनेछ । ओली सरकारविरुद्ध थप सशक्त भएर जाने, वामपन्थी एकता र ध्रुवीकरणलाई कसिलो बनाउँदै लैजाने मोर्चाले तयारी गरेको छ ।

असार २८ गते प्रचण्ड सरकार ढलेपछि साउन १ गते पहिलोपटक बैठक बसेको थियो । यसबिचमा कार्यदलको बैठक बसे पनि मोर्चाको मुख्य दल नेकपा माओवादी केन्द्र आन्तरिक काममा व्यस्त रहँदा बैठक प्रभावित हुँदै आएको थियो ।