राज्यमन्त्री अरुण चौधरीविरुद्ध सर्वाेच्चमा परेको रिट खारेज

राज्यमन्त्री अरुण चौधरीविरुद्ध सर्वाेच्चमा परेको रिट खारेज



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको संयुक्त इजलासले चौधरीविरुद्ध परेको मुद्दाको रिट खारेज गरेको हो ।

कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद चौधरी पदका लागि योग्य छन् कि अयोग्य भन्ने विवाद अधिवक्ता वसन्त जोशीले रिट दायर गरेका थिए । यस अघि उक्त रिटमा बहस सकिएर निसु तोकिएको थियो ।