प्रधानमन्त्रीले छलफल गरेरै अध्यादेश ल्याएको हाे : कांग्रेस

प्रधानमन्त्रीले छलफल गरेरै अध्यादेश ल्याएको हाे : कांग्रेस



काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले केपी शर्मा ओलीले कांग्रेससँग समन्वय र छलफल गरेरै अध्यादेश ल्याएको बताएको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूसँगको छलफलमा महामन्त्री गगनकुमार थापाले सो जानकारी गराएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।

उनले भने, ‘अध्यादेशको विषयमा पनि बैठकमा छलफल भएको छ, छलफल भएरै ल्याएको भएकाले महामन्त्रीज्यूले पनि पोजेटिभ रूपमा लिनुपर्छ । हामीसँग छलफल नै गरेर ल्याएकाले यसबारे चर्चा परिचर्चा गर्न आवश्यक छैन भनेर भन्नुभयो ।’

देउवाले पार्टीका शीर्ष नेताहरूसहित पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई निवासमै बोलाएर सरकारका कामबारे समीक्षा गरिरहेका हुन् । मन्त्रीहरूले आफ्नो रिपोर्ट कार्ड पार्टी नेतृत्वसामु बुझाएका थिए ।