कांग्रेसले बनायो बडूकाे संयोजकत्वमा संसदीय दल अनुशासन समिति

कांग्रेसले बनायो बडूकाे संयोजकत्वमा संसदीय दल अनुशासन समिति



काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल अनुशासन समिति गठन गरेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दल केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा रहने अरु सदस्यहरू अर्को बैठकले तोक्ने छ ।

बैठकले पार्टीको तर्फबाट सार्वजनिक लेखा समितिको संयोजकमा सञ्जय गौतम, अर्थ समितिको संयोजकमा प्रकाशशरण महत, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको संयोजकमा चन्दा चौधरीलाई तोक्ने निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

उनका अनुसार बैठकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुर्व्यवहारको घटनाको भर्त्सना गर्नुका साथै दोषीमाथि कारबाहीको माग गरेको छ । संसदीय समितिमा रहेका विधेयकहरुलाई तत्काल पास गर्न सहजीकरण गर्ने र नयाँ विधेयक ल्याउन सरकारलाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ ।