बेचन झालाई थुनामा राख्नुपर्ने कारण देखाउन सर्वोच्चको आदेश

बेचन झालाई थुनामा राख्नुपर्ने कारण देखाउन सर्वोच्चको आदेश



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झालाई थुनामा राख्नुपर्ने कारण पेस गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

बिहीबार बसेको न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

झाले आफूलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा पुस २ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

उनले गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत, उच्च सरकारी वकिलको कार्यालय पाटन, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, प्रहरी प्रधान कार्यालय नक्साल र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई विपक्षी बनाएका छन् ।

उनी हाल केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा छन् ।