काठमाडौं । संसद्का प्रमुख चार दलले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने साझा निष्कर्ष निकालेका छन् । शुक्रवार सिंहदरबारमा सत्तापक्ष र विपक्षी चार दलका प्रमुख सचेतकहरूबिच संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हाे ।
सत्तापक्षका नेपाली कांग्रेस, नेकपा एमाले, विपक्षी दलबाट नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतकबिच छलफल भएको हो । बैठकले सरकारले बोलाउन लागेको संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनका लागि दलहरूबिच साझा निष्कर्ष निकालेको हाे ।
अबको अधिवेशन विधेयक अधिवेशन भएकाेले यो अधिवेशनलाई प्रभावकारी ढङ्गले कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएकाे एमालेका मुख्य सचेतक महेश बर्ताैलाले जानकारी दिए ।
‘छलफल खासगरी तीन विषयमा केन्द्रित भयो । विधेयकलाई छिटो छरितो तरिकाले अगाडि बढाउने, संसदमा वर्षौंसम्म विधेयक अगाडि नबढ्ने परिपार्टी अन्त्य गर्ने विषयमा सत्तापक्ष र विपक्ष एकमत भएको छ’, उनले भने ।
प्रतिक्रिया