महिला टी–२० विश्वकप : स्कटल्यान्डसँग नेपाल १ विकेटले पराजित

महिला टी–२० विश्वकप : स्कटल्यान्डसँग नेपाल १ विकेटले पराजित



काठमाडौं । आईसीसी यू-१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएकाे छ ।

नेपालले दिएकाे ७४ रनकाे लक्ष्य स्कटल्यान्डले १८ ओभर ४ बलमा ९ विकेट गुमाएर भेटायाे । स्कटल्यान्डकी पिपा स्प्राेलले ३५ रन बनाइन् ।

नेपालकी रचना चाैधरी र सिमाना केसीले २/२ विकेट लिए ।

मलेसियाकाे बाङ्गीमा टस जितेर ब्याटिङ गरेकाे नेपाल १८ ओभर ५ बलमा ७३ रनमा अलआउट भयाे । नेपालकी पूजा महताेले २७ रन बनाइन् । स्कटल्यान्डकी मेसे मसेराले ५ विकेट लिइन् ।

प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेट पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि बुधवार अस्ट्रेलियासँग खेल्नेछ ।

प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा इङ्गल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् । समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् ।

हरेक समूहका शीर्ष तीन टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् । यू-१९ महिला टी–२० विश्वकपको फाइनल खेल माघ २० गते हुनेछ ।