वाशिङ्गटन । अमेरिकी सिनेटले सोमबार सर्वसम्मतिले मार्को रुबियोलाई विदेशमन्त्रीको रूपमा चयन गरेको छ ।
९९–० को मतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मन्त्रिपरिषद्को मनोनयनलाई पुष्टि गर्ने सिनेटरहरूले गरेको पहिलो मतदान थियो । २०११ पछि फ्लोरिडा राज्यको प्रतिनिधित्व गर्ने सिनेटर रुबियोले सिनेटमा मतदान गरेको यो अन्तिम पटक हुनसक्छ ।
ट्रम्पका उत्साही अनुयायी र उनका नीतिहरूको वकालत गर्ने रुबियोले ट्रम्पलाई धन्यवाद दिए । ट्रम्पको विदेश नीतिको प्रतिबद्धतालाई अमेरिकी विदेश विभागको मूल मिसन बनाउने उनले प्रतिबद्धता जनाएका छन् । ५३ वर्षीय रुबियो क्युबाली आप्रवासीहरूका सन्तान हुन् ।
प्रतिक्रिया