काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लिएर आएकाे कुच्चीएकाे रित्तो गाग्री सिंहदरबार गेटमा खोसिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र खानेपानी मन्त्री प्रदीप यादवलाई भेटेर धरानमा खानेपानी आयोजना माग गर्ने मेयर साम्पाङ मंगलबार सिंहदरबार प्रवेश गरेका हुन् ।
मेयर साम्पाङ रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्न चाहे पनि प्रहरीले गाग्री भने लैजान दिएन । मेयर साम्पाङले ल्याएको गाग्री प्रहरीले खोसेको हो । मेयर साम्पाङ रित्तो गाग्रीसहित धरानबाट सोमबार काठमाडौं आएका थिए ।
मेयर साम्पाङले आफूलाई सिंहदरबार प्रवेशमा अवरोध नभएको तर गाग्री लैजान नदिइएको बताएका छन् । मेयर साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवसँग भेटघाट गरिसकेका छन् ।
प्रतिक्रिया