काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देही पुगेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै रुपन्देहीकाे सदरमुकाम भैरहवा पुगेका हुन् ।
बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन उनी मंगलबार बुद्ध एयरको विमानमार्फत रुपन्देही पुगेका हुन् ।
उनी भैरहवाको देवकोटा चोकस्थित मेरिगोल्ड होटलमा बास बस्ने बताइएकाे छ । बुधबार उनी आफैं अदालतमा उपस्थित हुने छन् ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख र काठमाडौंकाे कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।
लामिछानेविरुद्ध बुटवलको सुप्रीम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक दर्ता भएको छ ।
लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
लामिछाने सँग ४ करोड बढी विगो माग गरिएको छ ।
प्रतिक्रिया