आप्रवासी प्रति अनुदार ट्रम्पको दुइ श्रीमती विदेशी, चेकोस्लािभाय र स्लोभेनियाली

आप्रवासी प्रति अनुदार ट्रम्पको दुइ श्रीमती विदेशी, चेकोस्लािभाय र स्लोभेनियाली



काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले पद तथा गोपनियताको सपथ लिएका छन् ।

उनी खासमा प्रवासी तथा आप्रावासीको बिषयमा अनुदार देखिएका छन । उनले राष्ट्रपतिमा निर्वाचित भए पछि हिजो लिएको पद तथा गोपनियताको सपथ ग्रहण पछि गरिएको घोषणा मेक्सिकोसँग जोडिएको दक्षिणी सिमामा संकटकाल घोषणा गरेका छन र अबैध आप्रावासीलाइ देश निकाला गर्नेसमेत जनाइ सकेका छन् । 

सपथ पछि दिएको ३० मिनेट लामो भाषणमा उनले झन्डै चार दर्जन बढी घोषणासमेत गरेका थिए । जसमा अबैध आप्रवासीलाइ देश निकाला, मेक्सिको बोर्डरमा संकटकाल, पनामा नहरमा स्वामित्व ग्रहण गर्ने, देशमा तेल र ग्याँस उत्पादन बढाउनेलगायतका धेरै नयाँ कुरा घोषणा गरिसकेका छन ।

खासमा उनको बैबाहिक जीवन पनि निकै रोचक छ । हाल उनी आप्रवासी र प्रवासी प्रति अनुदार देखिए पनि उनकी पहिलो श्रीमती भने चेकोसलाभियाकी थिइन् । भ्यानिटी फेयर म्यागजिनका अनुसार यो त्यो ठाउँ थियो, जहाँ मोडलहरूले डेटिङका ​​लागि धनी पुरुषहरू खोज्थे । एक साँझ ट्रम्प यसको बियर बारमा आए । यहाँ उनको नजर चेकोस्लोभाकियाकी मोडेल इभाना माथी पर्यो ।

ट्रम्पले उनलाई १०० गुलाब पठाए र बाहिर घुम्न लगेका थिए । इभानाले आफ्नो पुस्तक ‘रेजिङ ट्रम्प’ मा लेखेकी छिन् कि ट्रम्पले उनलाई त्यसपछि ३ महिनासम्म हरेक दिन फोन गरे र दुवैले एकअर्कासँग धेरै महिना डेटसमेत गरेका थिए ।

सन् १९७७ को नयाँ वर्षको पूर्वसन्ध्यामा ट्रम्पले इभानालाई विवाहको प्रस्ताव राखेका थिए । ट्रम्पले भने, ‘यदि तिमीले मसँग बिहे गरेनौ भने तिम्रो जीवन बर्बाद हुनेछ ।’ इवाना विवाहमा सहमत भइन् र दुवैले अन्ततः ९ अप्रिल १९७७ मा विवाह गरेका थिए । तर, ट्रम्पले आफ्नो एक साथीलाई आफुले ५ सन्तानको पीता हुन चाहेको बताएका थिए । ताकि कम्तिमा एक बच्चा तिनीहरू जस्तै हुन् । ट्रम्पले इभानालाई ५ सन्तान जन्माउन मनाउन थाले, ट्रम्पले उनलाई प्रत्येक बच्चाका लागि २.५ लाख डलर उपहार पनि दिए । तर, इभाना र ट्रम्पका ३ सन्तानमात्रै भए  यसमा डोनाल्ड जूनियर, छोरी इभान्का र कान्छो छोरा एरिक रहेका छन्। तर, तीन सन्तान जन्माइसके पछि विवाहको ८ वर्षपछि मात्रै उनीहरुको सम्बन्धमा दरार आउन थाल्यो ।

यसैबिच, सन् १९८५ मा ट्रम्पले उता मोडल मार्ला म्यापल्सलाई टेनिस खेलको क्रममा भेटेका थिए । यसपछि दुवैको अफेयर सुरु भयो । १९८९ मा इभाना क्रिसमस बिदाहरू बिताउन एस्पेन, कोलोराडो पुगेकी थिइन । मार्ला म्यापल्स पनि त्यहाँ पुगेकी थिइन । मार्लाले इभानासँग आफ्नो परिचय दिईन् र भनिन्– ‘म मार्ला हुँ, म तिम्रो श्रीमानलाई माया गर्छु, के तिमी पनि उसलाई माया गर्छौ ?’

इभानाले आफ्नो पुस्तकमा लेखेकी छिन्– ‘यो प्रश्न सुनेर म छक्क परें ।’ 

मैले तुरुन्तै भनेँ– ‘हो,। म मेरो श्रीमानलाई माया गर्छु । मैले मार्लालाई जवाफ दिएँ, तर म स्तब्ध भएँ ।’ उनका अनुसार सो भेटघाटको केही समयपछि उनले  ट्रम्पसँग सम्बन्धविच्छेद गर्ने निर्णय गरेंकी थिइन । ट्रम्प र इभानाको झगडा देशभर लोकप्रिय भयो । हरेक दिन ट्रम्प, इभाना र मार्लासँग सम्बन्धित समाचार पत्रपत्रिकामा हेडलाइन बन्ने गरेका थिए । 

यसैबीच, अखबारमा एउटा हेडलाइनले सिंगो राष्ट्रलाई स्तब्ध बनाएको थियो, जसमा लेखिएको थियो, ‘ट्रम्पसँग मेरो जीवनको सबैभन्दा राम्रो शारीरिक सम्बन्ध थियो’ मार्लाले नै मिडियालाई यो बताइन् । यसले ट्रम्प र इभनाको बिचमा थप दरार उत्पन्न भयो । जसका कारण ट्रम्प–इभाना मुद्दा अदालतमासमेत तानिएको थियो । कतिसम्म भने, इभानाले ट्रम्पमाथि बलात्कारको आरोप लगाएकी थिइन् । अन्ततः उनीहरुको सम्बन्धविच्छेद सन् १९९० को डिसेम्बरमा भएको थियो । त्यतिबेला ट्रम्पले इभानालाई करोडौं रकम दिएका थिए ।

दोस्रो बिबाह

इभनासँग डिभोर्स भए पछि ट्रम्पले मार्लासँग विवाह गरे, जुन बेला उनीहरू बिच बिबाह भयो, त्यो बेला मार्ला भने  ७ महिनाकी गर्भवती थिइन् । दुई महिना पछि ट्रम्पको चौथो सन्तान टिफनीको जन्म भयो । तर, मार्ला र ट्रम्पबीचको सम्बन्ध ३ वर्ष मात्र टिक्यो । दुवैले सन् १९९७ मा एकअर्कासँग सम्बन्धविच्छेद गरेका थिए ।

सम्बन्धविच्छेद पछि न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा मार्लाले भनेकी थिइन्,  ‘मैले बिहे गर्न चाहेको व्यक्ति डोनाल्ड थिएनन, ट्रम्प र उनको संसार मेरो लागि एलियन थियो । उसवाट अलग भएकोमा म अहिले धेरै खुसी छु ।’

तेस्रो बिबाह

डोनाल्ड ट्रम्प र मार्लाबीच सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको बेला ट्रम्पले स्लोभेनियाली मोडल मेलानिया नाउसलाई भेटेका थिए । पोलिटिकोको रिपोर्टका अनुसार यी दुईबीच पहिलो भेट सन् १९९८ मा न्यूयोर्कमा एउटा पार्टीको क्रममा भएको थियो । यहाँ ट्रम्पले मेलानियासँग उनको फोन नम्बर पनि मागेका थिए । सन् २००४ मा मेट गालामा ट्रम्पले मेलानियालाई प्रस्ताव राखेका थिए ।

अन्ततः दुवैले २२ जनवरी २००५ मा विवाह गरेका थिए । मेलानिया र ट्रम्पको ब्यारोन ट्रम्प नामको छोरा पनि छन् । सन् २०१७ मा ट्रम्प राष्ट्रपति बनेपछि मेलानिया अमेरिकाकी प्रथम महिला पनि बनिन् ।

ट्रम्पको व्यक्तिगत जीवन निकै विवादमा परेको छ । न्युयोर्क टाइम्सका अनुसार ट्रम्प सैन्य विद्यालयमा पढ्दादेखि नै महिलाप्रमी पुरुष मानिन्थ्यो । ट्रम्पको सम्बन्ध मोडलसँग मात्र नभई पोर्न स्टारसँग पनि थियो । उनको खराब यौन जीवन व्यवहारका कारण अहिलेसम्म २७ महिलाले उनीमाथि यौन शोषणको आरोप लगाएका थिए ।