काठमाडौं । बागमती प्रदेशले वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको सुपर चरणमा पहिलो जित हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा वालिङले बागमती युवा क्लबलाई ३–१ गोलले हरायो । वालिङको जितमा सुस्मा तामाङले ह्याट्रिक गरिन् । बागमतीका लागि सारा लिम्बूले सान्त्वना गोल गरिन् ।
पहिलो जितसँगै वालिङले आठ खेलबाट तीन अंक बनायो । यसअघिनै प्लेअफबाट बाहिरिएको वालिङले अन्तिम खेलमा सान्त्वना जित निकालेको हो ।
पराजित बागमतीले समान खेलबाट चार अंक बनाएको छ । वालिङकी सुस्मा तामाङ प्लेयर अफ दि म्याच भइन् ।
प्रतिक्रिया