एआईकाे नीति प्रभावकारी र दीर्घकालीन र बनाउँछौं : मन्त्री गुरूङ

एआईकाे नीति प्रभावकारी र दीर्घकालीन र बनाउँछौं : मन्त्री गुरूङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रालयबाट तयार पारिएको ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति, २०८१’ मस्यौदामा एआईका क्षेत्रमा काम गर्दै आएका विज्ञ एवं सरोकारवालाहरूबाट प्राप्त सुझाव समेटेर प्रभावकारी र दीर्घकालीन बनाइने बताएका छन् ।

सञ्चार मन्त्रालयमा आज (मंगलबार) भएको छलफलमा मन्त्री गुरूङले एआई क्षेत्रका लागि आवश्यक पर्ने सबै प्रावधान नीतिमा समावेश गरिने विश्वास दिलाए । ‘एआई नीति अहिलेको आवश्यकता हो, त्यसैले अलि मेहनत गर्नुपर्ने छ,’ सरकारको प्रवक्तासमेत रहेका मन्त्री गुरूङले भने, ‘आवश्यक विषयवस्तु छुटाउनु हुँदैन । गहन र विस्तृत नीति ल्याउनुपर्छ ।’

एन हब संस्थाका संस्थापक दिलीप भट्टराईले मस्यौदामा सुझावसहितको कार्यपत्र प्रस्तुत गर्दै एआईको भविष्य, चुनौती र अवसरबारे स्पष्ट भएर नीति तर्जुमा गर्नुपर्नेमा जोड दिए । एआईसम्बन्धी विज्ञहरूले बन्दै गरेको नीतिमा डाटा सुरक्षा र गोपनीयताको विषयबारे सरकारको ध्यानार्कषण गराएका थिए ।