काठमाडौं । सरकारले अनुदानसम्बन्धी दुई कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्ते निर्णय गरेको हो ।
सरकारका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समपूरक अनुदानसम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदानसम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै, सहलगानीसम्बन्धी कार्यविधि २०७७ र कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८ खारेज गर्ने निर्णय गरिएको उनले बताए ।
प्रतिक्रिया