काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध बलात्कार मुद्धामा पक्राउ पुर्जी जारी भएको छ । उच्च अदालत पाटनका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले महरलाई पक्राउ गर्न हिजो बुधबार दिएका हुन् ।
अदालतले महरलाई पक्राउ गरी कारबाही अघि बढाउन सरकारलाई आदेश दिएको छ । पीडित रस्मिलाकुमारी धामीले महरबाट बलात्कृत भएको भन्दै मुद्धा दायर गरेकी थिइन् । सत्ताको संरक्षण पाएका महरविरुद्ध प्रहरी र सरकारी वकिलले मुद्धा दर्ता गर्न इन्कार गरेपछि धामी अदालत गएकी थिइन् ।
पीडितका पक्षमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, इन्द्र अर्याल र अञ्जना अर्यालले बहस गरेका थिए । पीडितका बाबुआमा नै इजलासमा उपस्थित भएर न्यायका लागि याचना गरेका थिए ।
आफूमाथि महरले पटकपटक यौन शोषण गरेको भन्दै उनी माइतीघर मण्डलामा अनसनसमेत बसेकी थिइन् । महरले उल्टै प्रहरी परिचालन गर्ने र विभिन्न प्रकारले दबाब दिन थालेपछि पीडितले अदालत परिसरमै विष सेवनको प्रयाससमेत गरेकी थिइन् ।
प्रतिक्रिया