भत्ता लिएर घर जाँदै गर्दा ७३ वर्षीया वृद्धा दिउँसै लुटियो

भत्ता लिएर घर जाँदै गर्दा ७३ वर्षीया वृद्धा दिउँसै लुटियो


ग्लोब नेपाल
756
Shares

धनकुटा । भत्ता लिएर घर फर्कँदै गरेकी ७३ वर्षीया रत्नमाया धनकुटा बजारमा दिउँसै लुटिएकी छन् । मदन चोक नजिकै रहेको माछापुच्छ्रे बैङ्कबाट वृद्ध भत्ता निकालेर जाँदै गर्दा धनकुटा नगरपालिका-१० घर भएकी रत्नमाया लुटिएकी हुन् । उनले बोकेको करिब एक लाख पचास हजार रुपियाँ नगद धनकुटाको हुलाक टोलस्थित जिल्ला अस्पतालको अगाडी बुधवार दिउँसो करिब १२ बजे अज्ञात समूहले लुटपाट गरेको हाे ।

धनकुटाको मुख्य बजारमा वृद्ध लुटिँदा समेत प्रहरीले यस विषयमा चासो दिन सकेको छैन । सुरक्षा व्यवस्थामा प्रश्न उठेको भन्दै तत्काल खोजी कार्य गरी दोषी माथि कारबाही गर्न स्थानीयहरूले माग गरेका छन् । डिउँटीमा खटिएका प्रहरी चोकचोकमा नभएर मोबाइल र अन्य क्षेत्रमै व्यस्त हुने गरेको आरोप स्थानीयको छ ।

भत्ता लिएर फर्केको कसरी जानकारी पायो यो गम्भीर विषय छ । नगद र कागजपत्र समेत भएको झोला लुटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । लुटेराको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ ।