काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको घाँटीमा समस्या देखिएको छ । प्रधानमन्त्री ओली गत मंगलबार बर्थडे पार्टीमा सरिक भएका थिए । उक्त अवसरमा खाएको खाना र राती अबेर बसाईका कारण उनको घाँटीमा समस्या देखिएको बताइएको छ ।
बुधबार बिहानदेखि प्रधानमन्त्री ओलीको घाँटी बसेर बोल्न नसक्ने अवस्था सिर्जना भएको बताइएको छ । त्यसैकारण उनी बुधबार सशस्त्र प्रहरीको २४ औं स्थापना दिवसमा सहभागी हुनसकेका थिएनन् । यस्तै, आजको निर्धारित प्रधानमन्त्री ओलीका सबै कार्यक्रम रद्द गरिएका छन् ।
प्रतिक्रिया