लस एन्जलसमा फेरि आगो फैलियो : १९ हजार मानिसलाई सुरक्षित ठाउँमा सारियो

लस एन्जलसमा फेरि आगो फैलियो : १९ हजार मानिसलाई सुरक्षित ठाउँमा सारियो



काठमाडौं । अमेरिकाको लस एन्जलसको जंगलमा फेरि आगो लागेर फैलिन थालेको छ । आगो फैलिन थालेपछि हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।

अहिले आगलागी भएको क्षेत्र शहरबाट ४५ किलोमिटर टाढा छ । कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा आगलागी भएको बीबीसीले जनाएको छ ।

त्यहाँ नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् । आगलागीले आठ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । तीव्र गतिको हावा र सुक्खा झाडीहरूले आगो फैलाउन मद्दत गरिरहेको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् ।

आगलागीबाट अहिलेसम्म कुनै पनि घरमा क्षति नभए पनि झण्डै १९ हजार बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । यसअघि एक हप्ताभन्दा लामो समयदेखि लागेको आगो निभाउन अझै दमकल प्रयोग गरेर प्रयास भइरहेको छ ।

यसबाट धेरै मानिसका आलिशान घर ध्वस्त भएका छन् भने २५ जनाको ज्यान गएको छ ।