रविविरूद्धको मुद्दामा जाहेरवाला पक्षकाे बहस जारी

रविविरूद्धको मुद्दामा जाहेरवाला पक्षकाे बहस जारी



बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको मुद्दामा जिल्ला अदालत रूपन्देहीमा जाहेरवाला पक्षले बहस गरिरहेका छन् ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध अभियोगको मुद्दामा शुक्रबार बिहान ११ बजेदेखि न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा जाहेरवाला पक्षले बहस सुरू गरेका हुन् ।

अहिले वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गरिरहेका छन् । त्यसपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गर्ने तयारी छ । उनीहरू दुबै जनाले यसअघि काठमाडौं र पोखरामा पनि जाहेरवालाको पक्षबाट बहस गरेका थिए ।

उनीहरूको बहस सकिएलगत्तै प्रतिवादी लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरज बस्नेत, नारायणदत्त कँडेल, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारी, राजेन्द्र सेढाइ र सुनीता राउत लगायतले बहस गर्ने तयारी छ ।

बिहीबार सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेल, उपन्यायाधिवक्ताहरू गोकर्णराज घिमिरे, वसन्त पोखरेल, सुनिल लामिछाने र पवित्रा भण्डारीले बहस गरेका थिए । उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता शोभकान्त भण्डारी, उपन्यायाधिवक्ता प्रकाश मरासिनी र रवि न्यौपानेले पनि बहस गरेका थिए ।