अखिल क्रान्तिकारीको मतगणना स्थगित

अखिल क्रान्तिकारीको मतगणना स्थगित

धाँधली भएको नारायणकाजी र जनार्दन समूहको आरोप


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका शनिबार भएको निर्वाचनको मतगणना विवादका कारण रोकिएको छ ।

प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसमा उपत्यका विशेष प्रदेश र विश्वविद्यालयको मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले कालो मसीले पनि मतदान भएको जानकारी दिएपछि विवाद भएको हो ।

मतपत्रमा रातो मसी प्रयोग भए पनि निर्वाचन समितिले कालो मसीसमेत प्रयोग भएको बताएपछि उम्मेदवारका प्रतिनिधिले विरोध जनाएका हुन् ।

अध्यक्षका उम्मेदवारहरु हेमन्त राई र उपदेश यादवका प्रतिनिधिले धाँधली भएको भन्दै विरोध जनाएका हुन् । विजय सापकोटा समूह भने जुनसुकै मसी प्रयोग गरिएको भए पनि मतगणना अघि बढाउनुपर्ने पक्षमा छ ।

अध्यक्षका अर्का प्रत्यासी सुदिन पौडेल पक्ष भने मौन छ । राई पक्षका प्रतिनिधि लोकेन्द्र ऐरीले धाँधली गरिएकाले आफूले मतगणना स्थल छाडेको बताए । यादव उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राई उपमहासचिव जनार्दन शर्माका उम्मेदवार हुन् ।