काठमाडौं । संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । माघ १८ गते दिउँसो १ बजेका लागि बोलाइएको पहिलो दिनको बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ ।
बैठक तयारीका लागि सभामुख देवराज घिमिरेले आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।
सभामुख घिमिरेले हिउँदे अधिवेशन, विधेयक, सरकारको तयारीलगायत विषयमा सचेतकहरूसँग छलफल गरेका हुन् ।
आजको बैठकमा सरकारले ल्याउने विधेयकको तयारीबारे सभामुखले छलफल गरे । आगामी संसद् अधिवेशन प्रभावकारी बनाउन पहल गर्न पनि उनले सचेतकहरूलाई आग्रह गरे ।
समितिको बैठक नियमित बस्न र विचाराधीन विधेयकलाई टुंगोमा पुर्याउन पनि सभामुखले आग्रह गरेका छन् ।
प्रतिक्रिया