कांग्रेस सांसदलाई अध्यादेशबारे विज्ञको ब्रिफिङ

कांग्रेस सांसदलाई अध्यादेशबारे विज्ञको ब्रिफिङ



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी छ । बैठकमा सरकारले ल्याएको अध्यादेशका बारेमा छलफल भइरहेको छ ।

छलफलमा अध्यादेशको आवश्यकता र औचित्यका बारेमा विज्ञहरू प्रताप पौडेल, सेमन्त दाहाल र अरुण पौडेलले ब्रिफिङ प्रस्तुति गरिरहेका छन् ।

नेपाली कांग्रेसभित्र अध्यादेशका बारेमा फरक फरक धारणा आएपछि कांग्रेसले विज्ञहरूलाई राखेर अध्यादेशबारे जनाकारी गराएको हो । सरकारले ५ वटा अध्यादेश ल्याएर २९ वटा कानुन संशोधन गर्न लागेको छ ।