सभामुखले आज ५ प्रमुख दलका सचेतकसँग छलफल गर्दै

सभामुखले आज ५ प्रमुख दलका सचेतकसँग छलफल गर्दै


ग्लोब नेपाल
189
Shares

काठमाडौं । हिउँदे अधिवेशनका लागि तयारी तीब्र पारिएको छ । माघ १८ गतेदेखि सुरू हुने हिउँदे अधिवेसनका लागि सभामुख देबराज घिमिरेले सक्रियता बढाएका छन् ।

जसअनुसार सभामुख घिमिरेले आज बिहान ११ बजेबाट प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरवारमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

हिजो बिहान ११ बजे सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले सो पछि दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए ।

सभामुख घिमिरेका सचिवालयका अनुसार भोली दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा तय गरिएको छ। साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।