काठमाडौं । सरकारले ल्याएका अध्यादेश १८ माघमा संसद्मा पेस गरिने भएको छ । आज बसेको सभामुख र पाँच दलका प्रमुख सचेतककाे छलफलमा अध्यादेशहरू १८ माघमा पेस गरेर २२ माघमा संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको हाे ।
एमालेका मुख्य सचेतक महेश बर्ताैलाका अनुसार भाेलि ११ बजे कार्यव्यवस्था बस्ने तय भएको छ ।
संसद्को पहिलो दिन सुरुमा प्रधानमन्त्री लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ । त्यसपछि सरकारले ल्याएका विभिन्न अध्यादेश संसद्मा पेस हुनेछन् ।
त्यसपछि अर्को बैठक २२ गते बस्नेछ । सो दिनको बैठकमा पहिलो दिन पेश भएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । माघ २३ र २४ गते पनि संसद् बैठक तय भएको छ । २५, २६ र २७ गते भने विभिन्न समितिको बैठक राखिएको छ ।
त्यसपछि माघ २८, २९ र ३० संसद् बैठक बस्नेछ ।
प्रतिक्रिया