कांग्रेसको तराई–मधेश समन्वय विभागमा १० जना मनोनीत

कांग्रेसको तराई–मधेश समन्वय विभागमा १० जना मनोनीत



काठमाडौं । नेपाली कांग्रेसले तराई–मधेश समन्वय विभागमा १० जना सदस्य मनोनीत गरेको छ ।

सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेको विभागमा मनोनयन गरेका हुन् ।

मनोनयन भएका सदस्यहरूमा कृष्णवर्त सिंह, सहसराम यादव, प्रमोदकुमार झा, मोहनलाल कलवार, श्यामदेव मेहता, अरूण कुमार सिंह, रामकृपाल यादव, दिलमाया अधिकारी, लालबहादुर राउत राय र उमेश चौधरी रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।