काठमाडौं । सोमबार सेयर बजार परिसूचक (नेप्से) १०.६१ अंकले घट्दा २६३३ बिन्दुमा ओर्लिएको छ ।
सोमबार ८ अर्ब ९२ करोड ४० लाखको कारोबार भएको छ । सोमबार कुल ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
सोमबार १०५ कम्पनीको मूल्य बढेको छ । यसमध्ये न्याग्दी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्स कम्पनी, ग्रिन डेभलप्मेन्ट बैंक र सामुदायिक लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो ।
प्रतिक्रिया