काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित कांग्रेस संसदीय दलको बैठकमा जारी छ ।
संसदीय दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भइरहेकाे बैठकमा दलका सांसदहरु सहभागी छन् ।
माघ १८ गतेदेखि संघीय संसद्को बैठक सुरु हुन लागेकाले त्यसको तयारीका लागि आइतबारबाट दलको बैठक बसिरहेको छ ।
नेपाली कांग्रेसले पार्टीभित्र साझा धारणा बनाएर संसद्को आगामी अधिवेशनमा प्रस्तुत हुने गरी छलफल अघि बढाएको छ । कांग्रेस संसदीय दलको आइतबारबाट सुरु भएको बैठकमा सरकारले ल्याएको अध्यादेश, संसदमा विचाराधीन विधेयकसहित सबै विषयमा वैचारिक एकरूपता ल्याउने गरी छलफल अघि बढाएको छ ।
प्रतिक्रिया