काठमाडौं । नेपाली कांग्रेसले सरकार ढल्ने हल्लामा कुनै सत्यता नभएको जनाएको छ । संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सरकार एमालेसँग भएको सहमतिअनुसार २०८४ सम्म चल्ने बताए ।
उनले भने, ‘सरकार परिवर्तनको कुरा कसैले गरेको छैन । सम्भावना पनि छैन । यो समीकरण संसदको बाँकी अवधिभर चल्छ । यो ७ बुँदे सम्झौतालाई कार्यान्वयन गरेर पूरा अवधि चल्छ ।’ प्रमुख सचेतक घिमिरेले सहकारी पीडितहरूको पैसा राज्यले परिपूरण गर्न नसक्ने पनि बताए ।
उनले भने, ‘सरकारसँग त्यति सम्पत्ति पनि छैन । अहिले राज्य सक्षम छैन । जसले अपचलन गरेको छ, त्यसैबाट भराएर फिर्ता गराउनुपर्छ । त्यहीअनुसार अध्यादेश आएको छ । अध्यादेशले सहकारीमा फसेका पैसा फिर्ता ल्याउने मार्ग दिन्छ ।’
उनले रास्वपा सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध नराखेको पनि बताए । चितवनबाट पोखरा लगेको विषयमा नेता शेखर कोइरालाले कुरा उठाए पनि कानूनअनुसार नै अदालती धरौटीमा छुटेको उनको भनाइ छ ।
प्रतिक्रिया