काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल पुलिस क्लब एन्फा महिला लिग फुटबलको फाइनलमा पुगेको छ ।
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको दोस्रो क्वालिफायरमा पुलिसले आर्मीलाई पेनाल्टी शुटआउटमा २–१ गोलले हरायो । निर्धारित ९० मिनेटको खेलमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा गएको हो ।
अब पुलिसले उपाधिका लागि फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ । पहिलो क्वालिफायरमा पुलिसलाई हराउँदै एपीएफ फाइनलमा पुगेको थियो । फाइनल खेल पर्सि बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा दिउँसो २ बजेपछि शुरू हुनेछ ।
प्रतिक्रिया