काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरुलाई संसदको पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने बताएका छन् ।
सोमबार बेलुका सरकारी निवास बालुवाटारमा सत्तापक्षीय राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले संसदलाई पर्याप्त बिजनेश दिएर कानून निर्माणलाई तीव्रता दिन राजनीतिक दल र सांसदहरुको प्रभावकारी भूमिका आवश्यक पर्ने बताए ।
यही माघ १८ गतेदेखि संसद्को अधिवेशन प्रारम्भ हुँदैछ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतसमेत सहभागी छन् ।
प्रतिक्रिया