नागरिकता, नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐन संशोधन विधेयक पुग्यो संसद्

नागरिकता, नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐन संशोधन विधेयक पुग्यो संसद्



काठमाडौं । गृह मन्त्रालयले तीन वटा विधेयक प्रतिनिधि सभामा दर्ताका लागि लगेको छ ।

नेपाल नागरिकता ऐन दोस्रो संशोधन विधेयक, नेपाल प्रहरी ऐन संशोधन विधेयक र सशस्त्र प्रहरी ऐन संशोधन विधेयक दर्ताका लागि गृह मन्त्रालयले प्रतिनिधि सभामा चिठी पठाएको छ ।

विधेयक दर्ताका लागि चिठी आएको र दर्ता प्रक्रियामा रहेको संसद् सचिवालयले जानकारी दिएकाे छ ।