काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद दिवसका अवसरमा लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण गरेका छन् ।
बुधबार उनले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको सम्मानमा उहाँहरुको शालिकमा पुष्पहार अर्पण गरेका हुन् ।
यसैगरी, प्रधानमन्त्रीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, उपप्रधानमन्त्रीहरू प्रकाशमान सिंह, विष्णु पौडेलसहित मन्त्रीहरू, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना र महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललगायत सहिद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण प्रकट गरेका हुन् । साथै उनीहरुले सहिद गेटमा समेत पुगेर सहिदरुप्रति श्रद्धाञ्जली अर्पण प्रकट गरेका छन् ।
प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा सरकारले मृत्युदण्ड दिएको थियो ।
प्रतिक्रिया