वासिङ्टन डिसी । हालैका दिनमा एआईको दुनियाँमा चिनियाँ कम्पनी डीपसिकले तहल्का मच्चाइरहेको छ । यसैबीच अमेरिकी सुरक्षा अधिकारीहरूले डीपसिकलाई आफ्नो राष्ट्रिय सुरक्षाको राडारमा राखेका छन् ।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लिभिटले यस्तो बताएकी हुन् । सम्भावित सुरक्षा र नैतिक चिन्तातर्फ औँल्याउँदै अमेरिकी जलसेनाले आफ्ना सदस्यहरूलाई डीपसिक एपको प्रयोगमा रोक लगाएको खबर आइरहँदा यो घोषणा भएको हो ।
च्याटजीपीटीको निर्माता ओपनएआईले पनि आफ्नो एआई प्रविधि लिनबाट प्रतिस्पर्धीहरूलाई रोक्न अमेरिकासँग निकट रहेर काम गर्ने वाचा गरेको छ । यो हप्ताको सुरुमा डीपसिकको सस्तो खालको एआई मोडलका कारण अमेरिकी प्रविधि कम्पनीहरूको शेयर मूल्यमा पहिरो गएको थियो ।
डीपसिकले केही लाखमै एआई मोडल बनाएको भनेपछि लगानीकर्ताहरूले अमेरिकी कम्पनीहरूले एआईमा लगानी गरिरहेको अर्बौँ डलरमाथि प्रश्न उठाएका थिए ।
प्रतिक्रिया