काठमाडौं । अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनपछि जारी रहेको मतगणनामा महासचिवको मतगणना सकिदाँ थापामगर महासचिवमा निर्वाचित भएका हुन् ।
उनी उपमहासचिव जनार्दन शर्मा पक्षधर प्यानलबाट उम्मेदवार बनेका थिए । थापामगरले ६०१ मत प्राप्त गरेका छन् ।
महासचिवमा निर्वाचित थापामगर यस अघि संगठनको सचिवको जिम्मेवारीमा थिए । त्यस अघि उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववीयु सभापति थिए ।
थापामगरले महासचिवका ७ जना उम्मेदवारलाई पछि पार्दै जित हासिल गरेका हुन् ।
महासचिवमा थापामगर सँगै तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, शिब बस्नेत, श्यामबहादुर रोक्का, संजयकुमार महतो र सञ्जिव फुयाल प्रतिस्पर्धामा थिए ।
त्यसैगरी कोषाध्यक्षमा पनि जनार्दन पक्षधरकै उम्मेदवार फुलमाया राना विजयी भइसकेका छन् ।
प्रतिक्रिया