अध्यादेशविरुद्ध संसद्मा अस्वीकारको सूचना प्रस्ताव गर्ने रास्वपाको निर्णय

अध्यादेशविरुद्ध संसद्मा अस्वीकारको सूचना प्रस्ताव गर्ने रास्वपाको निर्णय



काठमाडौं । सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्मा अस्वीकारको सूचना प्रस्ताव गर्ने भएकाे छ ।

बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको रास्वपा संसदीय दलकाे बैठकले सरकारले संसद्लाई छलेर अध्यादेश ल्याएको भन्दै अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैठकले रास्वपा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोधका आधारमा सम्पत्ति शुद्धीकरणको समेत मुद्दा दायर गरेर सांसद पद निलम्बन गर्ने काम गरेको भन्दै त्यसको समेत सदनमा विरोध गर्ने निर्णय गरिएको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

त्यस्तै बैठकले पार्टी सहकारीका मुद्दा, अर्थतन्त्रका विषय, असन्तुलित परराष्ट्र नीतिका विषयमा समेत सदनमा सशक्त रूपमा आवाज उठाउने निर्णय गरेको छ ।