काठमाडौं । अखिल (क्रान्तिकारी)को उपमहासचिवको निर्वाचन परिणाम सार्वजनिक भएको छ । भर्खरै सार्वजनिक मत परिणाम अनुसार ९ उपमहासचिवमध्ये सात उपमहासचिव जनार्दन शर्मा निकट प्यानलबाट विजयी भएका हुन् ।
सात प्रदेशमा उपमहासचिव जनार्दन शर्मा निकट हेमन्त राई प्यानलबाट विजयी भएका हुन् । जसमा मधेशबाट गजेन्द्र यादव ४०७, बागमतीबाट निर्मला गौतम ८०३ र गण्डकीबाट भगवान् बास्तोला ७६९ ल्याएर विजयी भएका छन् । यस्तै लुम्बिनीबाट रेशम अधिकारी ६२८, कर्णालीबाट प्रकाश अधिकारी ६०४, सुदूरपश्चिमबाट रामचन्द्र भट्ट ३९९ र विश्वविद्यालयबाट जटिल कार्कीले ६४८ मत ल्याएर विजयी भएका छन् ।
त्यसैगरी प्रचण्ड निकट अध्यक्षका उम्मेदवार विजय सापकोटाको टिमबाट एक जनाले मात्र जित हासिल गरेका छन् । अन्तिम मतगणनामा सापकोटा निकट कोशीबाट विपिन पोखरेलले मात्र जित्न सफल भएका हुन् । पोखरेलले ८३१ मत ल्याएर विजयी भएका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट मानिएका पवन कार्की समूहका निरोज श्रेष्ठले ४०६ मत ल्याएर विजयी भएका छन् । उपत्यका विशेषबाट उनी उपमहासचिवका उम्मेदवार बनेका थिए । श्रेष्ठ अध्यक्षका उम्मेदवार उपदेश यादवको प्यानलका हुन् ।
प्रतिक्रिया