महासचिव पोखरेल जापान प्रस्थान, ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी

महासचिव पोखरेल जापान प्रस्थान, ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी



काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल जापान प्रस्थान गरेका छन् । उनी प्रवासी नेपाली मञ्चको कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

महासचिव पोखरेलले वरिष्ट उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकेकाे कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

एक हप्तासम्म जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने सन्दर्भमा गएराति महासचिव पोखरेल जापान प्रस्थान गरेका हुन् । डा.अधिकारीका अनुसार नेपालको विकासमा प्रवासी नेपालीको योगदान विषयक अन्तरक्रिया कार्यक्रमसहित मञ्चले आयोजना गर्ने विभिन्न कार्यक्रममा महासचिव पोखरेल सहभागी हुनेछन् ।