काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज राति १८ वटा खेल हुँदैछन् । सबै खेल नेपाली समयानुसार राति पौने २ बजे शुरू हुनेछ ।
आज राति पीएसभी र लिभरपुल, बार्यन म्युनिख र स्लोभान ब्राटिस्लाभा, बोरुसिया डर्टमन्ड र शाख्तर डोनेत्स्क, लेभेरकुसेन र स्पार्टा प्राहा, गिरोना र आर्सनल, बार्सिलोना र एटलान्टा खेल्दैछन् ।
यस्तै ब्रिस्ट र रियल मड्रिड, म्यानचेस्टर सिटी र क्लब ब्रुग, योङ्ग ब्वाइज र क्रेभेना जेभेज्दा, लिले ओलम्पिक स्पोर्टिङ क्लब र फिएनोर्ड, युभेन्ट्स र बेनिफिका, एस्टन भिला र सेल्टिक खेल्दैछन् ।
यस्तै डिनामो जग्रेब र एसी मिलान, इन्टर मिलान र मोनाको, एसके स्टुर्म ग्रज र आरबी लाइपजिङ, आरबी साल्जबर्ग र एथ्लेटिको मड्रिड, स्पोर्टिङ र बोलोग्ना तथा भीएफबी स्टुटगर्ट र पेरिस सेन्ट जर्मेइन (पीएसजी) खेल्दैछन् ।
च्याम्पियन्स लिगमा लिभरपुल अपराजित रहँदै २१ अंकसहित शीर्ष स्थानमा छ । यस्तै बार्सिलोना १८ अंकसहित दोस्रो र आर्सनल १६ अङ्कसहित तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया