तराइ मधेस केन्द्रित ८ दलको बैठक सिंहदरबारमा जारी

तराइ मधेस केन्द्रित ८ दलको बैठक सिंहदरबारमा जारी



काठमाडौं । तराइ मधेस केन्द्रित दलहरूको संयुक्त बैठक अहिले जारी छ । सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा आठ पार्टीको बैठक बसिरहेको हो ।

बैठकमा ८ दलको सहभागिता रहेको छ । जसअनुसार जसपाबाट रेणु यादव, जनमत पार्टीवाट शरदसिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव, राम कुमार शर्मा, मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीवाट लालबिर चौधरी र गंगा चौधरी, लोसपाबाट सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मण लाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट रामनरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजि यादव, सब्बिर हुसैन तथा तमलोपाबाट वृषेशचन्द्र लाल, र विजय सिंह रहेका छन् ।

गठबन्धन बनाउने तयारीका साथ सो बैठक बोलाइएको हो ।