सामाजिक सञ्जालसम्बन्धी विधेयक स्वीकार गर्दैनौं : रास्वपा

सामाजिक सञ्जालसम्बन्धी विधेयक स्वीकार गर्दैनौं : रास्वपा



काठमाडौं । राष्ट्रिय स्पतन्त्र पार्टी (रास्वपा) ले सरकारले संसद्मा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकका प्रावधानहरू स्वीकार गर्न नसक्ने बताएको छ ।

कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै अभिव्यक्ति स्वतन्त्रता विरोधी कुनै पनि कानुन स्वीकार गर्न नसक्ने र अविलम्ब उक्त विधेयक फिर्ता लिन पार्टीले आग्रह गरेको बताएका छन् ।

रास्वपाले अध्यादेशका गलत बाछिटाहरूले राजनीतिलाई दूषित बनाइरहेको र सोही सेरोफेरोमा सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउने प्रयास भएको भन्दै उक्त नियत गलत भएको बताएको छ ।