सरकारका अध्यादेशहरू अस्वीकार गर्ने नेकपा माओवादी केन्द्रकाे निर्णय

सरकारका अध्यादेशहरू अस्वीकार गर्ने नेकपा माओवादी केन्द्रकाे निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारद्वारा ल्याइएका अध्यादेशहरू प्रक्रियागत हिसाबले गलत भएको निष्कर्ष निकालेको छ ।

सिंहदरबारमा बिहीबार भएको संसदीय दलको बैठकमा पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेशको प्रक्रिया गलत भएको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरिएको जानकारी दिए ।

पाण्डेले भने, “सरकारले छिटो डेलिभरी दिन अध्यादेश ल्याएको भन्ने भनाइ गलत छ । पहिले नै त्यस्ता विधेयक समितिमा रहेका थिए, जसलाई पास गर्दा सजिलो हुने थियो । तर अध्यादेश जारी गरेर मात्र फिर्ताको चिठी लेखेर ल्याइएको छ, जुन प्रक्रियागत हिसाबले बेठिक छ ।”

साथै, उनले भोलिबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनमा माओवादी केन्द्रले जनताका आवाजलाई संसदमा सशक्त रूपमा उठाउने निर्णय गरेको पनि जानकारी दिए ।