अब २४ गते बस्नेगरी कांग्रेस संसदीय दलको बैठक विना निष्कर्ष स्थगित

अब २४ गते बस्नेगरी कांग्रेस संसदीय दलको बैठक विना निष्कर्ष स्थगित



काठमाडौं । सत्ताको मुख्य घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक बिना निष्कर्ष स्थगित भएको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा बोल्ने व्यक्तिहरूको सूची लामो भएकाले कुनै निष्कर्ष ननिस्केको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

उनका अनुसार अर्को बैठक २४ गते बिहान बस्नेछ । ‘सांसदहरूले बोल्ने क्रम सकिएको छ । मन्त्रीहरू र नेताहरूले बोल्ने क्रम बाँकी छ । २४ गते संसद्को बैठक बस्छ । त्यहिदिन बिहान बैठक बस्नेगरी बैठक स्थगित गरिएको छ’, उनले भने, ‘आजको बैठकमा अध्यादेशको विषयमा सांसदहरूले कुरा उठाउनुभएको छ । विकास निर्माणका सवालमा पनि प्रश्न उठाउनुभएको छ । ती बाहेक आफ्ना क्षेत्रका समस्याबारे कुरा उठेका छन्’, उनले भने ।

यस्तै ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणसम्बन्धी विवाद तत्काल हल गर्न जिल्लाका सांसदहरूले गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेको र उनले संसदीय मामिला मन्त्रालयको सचिवलाई बोलाएर तत्काल वार्ता समिति बनाएर हल गर्न निर्देशन दिएको जानकारी दिए ।

त्यसैगरी केही नेताहरूले २०८४ पछाडि पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

बैठकमा स्थनीय चुनाव संघीय चुनाव भन्दा पछाडि गर्नुपर्ने र यसका लागि आवश्यक परे संविधानमै लेख्नुपर्नेमा पनि कांग्रेस नेताहरूले जोड दिएका छन् ।