निलम्बन फुकुवाको माग गर्दै रविले दिए सभामुखलाई निवेदन

निलम्बन फुकुवाको माग गर्दै रविले दिए सभामुखलाई निवेदन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् ।

अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा उल्लेख छ ।

लामिछानेले शुक्रबार सभामुख घिमिरेलाई सिंहदरबारस्थित उनको कार्यकक्षमा भेटेर निवेदन दिएका हुन् ।

लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो । उनीमाथि लागेको सहकारी ठगी लगायतको मुद्दा जिल्ला अदलातमा विचाराधीन छ ।