तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारले क्षतिपूर्ति रकम पाएका छन् ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी एक सय १८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा एक सय एक परिवारलाई रकम प्रदान गरिएको हो ।
क्षतिपूर्ति रकम अधिकतम तीन लाख र न्यूनतम १० हजार रुपैयाँ प्रदान गरिएको उहाँले बताउनुभयो । आयोजनाको प्याकेज एकअन्तर्गत बाँधलगायत संरचना निर्माणको काम भइरहेको छ । बाँधको जग निर्माण स्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान भएको छ ।
प्रतिक्रिया