लोहनी, थापा र पाण्डे पर्सादेखि झापासम्मको जिल्ला भ्रमणमा निस्कने

लोहनी, थापा र पाण्डे पर्सादेखि झापासम्मको जिल्ला भ्रमणमा निस्कने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र कमल थापा तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेसहितका नेताहरू जिल्ला भ्रमणमा जाने भएका छन्।

पार्टी स्रोतले दिएको जानकारी अनुसार आगामी कात्तिक ११ गते पर्साको वीरगन्जबाट सुरु हुने यो भ्रमण बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी र मोरङ हुँदै झापामा पुगेर समापन हुने कार्यतालिका छ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, राप्रपाको भूमिका र पार्टीको साङ्गठनिक सुदृढीकरणका विषयमा छलफल तथा अन्तरक्रिया गर्न यो भ्रमण आयोजना गरिएको हो।

पार्टीका हालसम्म ७५ जिल्ला अधिवेशन र ५ वटा प्रदेश कार्यसमितिको अधिवेशन सम्पन्न भइसकेका छन्। साथै, सक्रिय सदस्यता वितरणको मिति यही कात्तिक १८ गतेसम्म कायम गरिएको छ। आगामी मङ्सिर महिनामा महाधिवेशनको मिति तय गरिएको अवस्थामा नेताहरूको यो जिल्ला भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।