रास्वपा सांसदहरूद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

रास्वपा सांसदहरूद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार



काठमाडौं । रास्वपाका सांसदहरूले प्रतिनिधिसभा बैठकको सुरुमै बोल्न समय नपाएको भन्दै बहिस्कार गरेका छन् ।

कार्यसूचीमा प्रवेश नगर्दै रास्वपाका सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए । सभामुखले उनीहरूलाई आसन ग्रहण गर्न पहिला अनुरोध र त्यसपछि आदेश गर्दा समेत नमानेपछि रास्वपाको अवरोधकैबिच सभामुख घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्रहरू पढेर सुनाए ।

सभामुखले राष्ट्रपतिको पत्र पढ्दै गर्दा रास्वपा सांसदहरूले होहल्ला गरे । त्यसपछि उनीहरू बैठक छाडेर निस्केका छन् । अहिले सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राखिरहेका छन् ।