सात बुँदे कार्यान्वयनमा कांग्रेस दृढ छ : सभापति देउवा

सात बुँदे कार्यान्वयनमा कांग्रेस दृढ छ : सभापति देउवा

संविधानका आधारभूत आवश्यकतालाई कमजोर गर्ने गरी संविधान संशोधन हुँदैन (पूर्णपाठ)



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राम्रो काम गरिरहेको बताएका छन् । संसद्‌को हिउँदे अधिवेशन सम्बोधन गर्दै देउवाले आगामी दिनमा पनि राम्रो काम गर्ने विश्वास गरे ।

उनले भने, ‘विगतमा राजनीतिक स्थिरता नुहँदा राजनीतकि र आर्थिक नोक्सान भएकाले यो सरकार बनेको हो । सात बुँदे कार्यान्वयनका सन्दर्भमा कांग्रेस दृढ छ । यो सहमति कार्यान्वयन हुनेछ । र, अन्य राजनीतिक दलहरुको (सत्तारुढ) पनि निरन्तर सहयोग रहने विश्वास रहेको छ ।’

सभापति देउवाले संविधानको कार्यान्वयनका लागि होस् या अन्य विषय कार्यान्वयनका लागि होस् यही संसद्ले कानुन बनाउने बताएका छन् ।

उनले देशको आर्थिक अवस्थालाई सुदृढ गर्ने मुख्य ध्येय यो सरकारको रहेको बताए । कुनै पनि सरकारको मूल्याङ्कन गर्ने समय ६ महिना मात्र पर्याप्त नहुने बताउँदै उनले सरकारले राम्रो काम गरेको आफूले अनुभूति गरेको बताए । यद्यपि आवश्यकता अनुसार विकासको काम अगाडि नबढेको सभापति देउवाले बताए ।

आर्थिक व्यवस्थामा सुधार ल्याउनका लागि अध्यादेशमार्फत केही कानुन ल्याएको बताउँदै उनले यो कानुनले देशमा सुशासन कायम गर्ने, सुकुम्बासीको समस्या समाधान गर्ने, सहकारी क्षेत्रमा सुधार हुने विश्वास आफूले लिएको समेत उनले बताए । यी अध्यादेश यही संसद्बाट पारित हुने विश्वास लिएको बताउँदै उनले यथाशीघ्र कानुन बनाउन सरकारलाई आग्रह गरे ।

लोकतन्त्रको आधारभूत मान्यता विधिको शासन भएको भन्दै आवश्यक कानुन बनाउन ढिलाइ गर्न नहुने उनले बताए । जनताको सरोकारका विषयमा थप विधेयकहरू ल्याउन पनि उनले सुझाव दिए ।

आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्ने बताउँदै उनले बहुदलवादमा आधारित गणतन्त्र, समावेशिता लगायत संविधानका आधारभूत आवश्यकतालाई कमजोर गर्ने गरी संशोधन गर्न नहुने उनले बताए । उनले संविधान संशोधन गर्दा सबै दलसँग सल्लाह गरेर गर्नुपर्ने धारणा राखे ।

कांग्रेस सभापति शेरबहादुर देउवाकाे सम्बोधनको पूर्णपाठ :