एक जनाले आफ्नै घरमा आगो झोसेपछि…

एक जनाले आफ्नै घरमा आगो झोसेपछि…


ग्लोब नेपाल
108
Shares

धनगढी । धनगढीमा एक जनाले आफ्नै घरमा आगो लगाएका छन्। धनगढी उपमहानगरपालिका–१५ कनरी वसन्त टोलका ३० वर्षीय गोपिन्द शाहले आफ्नै घर र परालको थुप्रोमा शनिबार आगो लगाएको प्रहरीले जनाएको छ।

उनले मदिरा सेवन गरी आफ्नै कच्चि घर र घर नजिकै रहेको परालको थुप्रोमा आगो लगाएका हुन्। उक्त आगलागीबाट शाहको १ लाख ८० हजार बराबरको क्षति भएको छ। उनी अहिले फरार रहेको जनाइएको छ।